निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन

तु खबर संवाददाता
२०७९ मंसिर ४, आईतवार १७:५१

काठमाडौं । निर्वाचन आयोगले पत्रकार सम्मेलन बोलाएको छ । आइतबार देशभर भएका प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै आयोगले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।

आयोगका अनुसार, आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएपनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् ।

निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता संख्या रहेका छन् । आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी नआइसकेको जनाएको छ ।