समाचार

बाग्लुङ १ बाट चित्रबहादुर केसी विजयी

बाग्लुङ । बाग्लुङ क्षेत्र नम्वर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका केसीले २१ हजार ४५१ मतसहित विजयी हाँसिल गरेका हुन् । यस्तै, एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मतसहित पराजित भएका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द...

मकवानपुर २ मा ५०७०५ गणना गर्दा १४३६ मतले बर्तौला अगाडि

हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायमै राखेका छन् । एमालेका बर्तौला लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिरोध खतिवडाभन्दा १ हजार ४३६ मतले अघि छन् । हालसम्म ५० हजार ७०५ मत गणना हुँदा बर्तौलाले २० हजार ३८ मत प्राप्त गरेका छन् । त्यस्तै...

खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ

नवलपरासी । नवलपरासी बर्दघाट नगरपालिका–४ को एक खाजा पसलमा मंगलबार राति खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु र अर्का एक जना गम्भीर घाइते भएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा बर्दघाट नगरपालिका –२...

मकवानपुर २ मा ४८४२४ गणना हुँदा बर्तौला १४६६ मतले अगाडि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा नेकपा एमालेका महेशकुमार बर्तौलाले अग्रता कायमै राखेका छन् । बर्तौलाले १९ हजार १२३ मत पाउँदा लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले १७ हजार ६५७ मत पाएका छन् । बर्तौला खतिवडाभन्दा १ हजार ४ सय ६६ मतले अगाडि छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र...

सप्तरीमा सीके राउतको जित निश्चित

सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित निश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो । सप्तरी क्षेत्र नं. १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए ।...

समानुपातिकमा माओवादीले पनि कटायो एक लाख मत

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग...

हेटौंडा १ (ख) मा श्रेष्ठको अग्रता कायमै, पराजुलीलाई हम्मेहम्मे

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) मा हालसम्म ३६ हजार २३३ मत गणना भएको छ । जसमा नेकपा एमालेका एकलाल श्रेष्ठले सबैभन्दा बढी मत पाएका छन् । श्रेष्ठले ११ हजार ५८४ मत पाउँदा लोकतान्त्रिक बाम गठबन्धनका आनन्दराम पराजुलीले १० हजार २२८ मत पाएका छन् ।...

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको प्यानल नै विजयी

कैलाली । कैलाली निर्वाचन क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीका प्यानल नै विजयी भएको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भइसकेका छन् । प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजय भएका हुन् । प्रदेश सभातर्फको...

मकवानपुर १ (क) मा बागमती गाउँपालिकाको मात्रै मतगणना गर्न बाँकी, छिन्तु १५५८ मतले अगाडि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा –क) मा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामी छिन्तुले ११ हजार ९७ मत पाएका छन् । यस्तै नेकपा एमालेका कमल बहादुर विष्टले ९ हजार ५३९ मत पाएका छन् । हालसम्म २८ हजार ५६० मत गणना भएको छ । जसमा पुलामीले १ हजार...

३४८६१ मत गणना गर्दा इन्द्र बानियाँ १२८७ मतले अगाडि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा हालसम्म ३४ हजार ८६१ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले १६ हजार ६० मत पाएका छन् । त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले १४ हजार ७७३ मत पाएका छन् ।...