लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर १४, बुधबार १६:०१

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्वर ६ साँगुरीबाट लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले बुधबार सबहान पक्राउ गरेको छ ।

प्रहरी करिब ६० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा जिल्लाको ताप्ली गाउँपालिका–२ धपने बस्ने २७ वर्षीय सरोज राई रहेका छन् ।

राईले ताप्लीबाट मिर्चैयातर्फ ३ वटा बोरामा उक्त परिमाणको गाँजा लैजादै गरेको अवस्थामा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।