झिनो अंकले घट्यो नेप्से परिसूचक, ८४ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन २ अंकले बढेको नेप्से आज ३.४१ अंकले घटेर १९४९ विन्दुमा कायम भएको छ ।
यस्तै, आज नेप्सेमा सूचीकृत २३८ कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर किनबेच हुँदा ८४ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेले पछिल्ला केही दिनयता भटाभट दर्जनौं कम्पनीहरुको कारोबार फुकुवा गरेपनि कारोबार रकम खासै माथि उक्लिन सकेको छैन ।