चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

तु खबर संवाददाता
२०७९ मंसिर १४, बुधबार १६:५२

काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।

थप विवरण भने सार्वजनिक भएको छैन । उनी सन् १९२६ को १७ अगस्टमा जन्मिएका हुन् । उनी चियाङ सन् १९८९ को तियानमेन स्क्वायरमा भएको आन्दोलनपछि चीनको शक्तिमा उदाएका नेता हुन् ।