महिलामाथि करणी गरेको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर १४, बुधबार १५:३९
सांकेतिक तस्बिर

ओखलढुंगा । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वा रहेका छन् । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।