समाचार

होटलमा एक जना मृत भेटिए

धनगढी । कैलालीको अत्तरियास्थित एक होटलमा बास बसेका एक जना मृत अवस्थामा भेटिएका छन् । मृत अवस्थामा फेला पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका–३ का अन्दाजी ४५ वर्षीय मोहन सिंह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी गोदावरी नगरपालिका–१ अत्तरिया बसपार्कमा रहेको न्यू सत्कार होटलमा बैशाख १० गते कोठा लिएर...

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२, ७३, ७४, ७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा संचालनको तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९...

सिंगापुर पठाइदिन्छु भन्दै साढे ६ लाख ठगी, एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा सिंगापुर पठाएर होटेलमा काम लगाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भई हाल काठमाडौंको नयाँ बसपार्क बस्ने ओमनाथ मैनाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मैनालीले मीनबहादुर रानालाई प्रलोभनमा पारी ६ लाख ४०...

फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको सूचना सम्प्रेषण गर्ने दुई कर्मचारीको पास रोक्का गरेको छ । प्राधिकरणले नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको हो । कुनै प्रमाण र अध्ययन विना फ्लाइटमा चरा ठोकिएको र...

मंगलबार शेयर बजारमा छायो हरियाली

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से इन्डेक्स आज १७ अंकले बढेर १९०५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २६ लाख ९३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ...

ए डिभिजन लिग अन्तरगत आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजे सुरु...

अवैध लागूऔषधसहित एक जना पक्राउ

बर्दिया । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको गोडीचार गाउँपालिका–४ बस्ने २४ वर्षीय केशव नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई फुटाहास्थित संयुक्त चेक पोष्टमा जाँच गर्ने क्रममा...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

नेपालमा समस्या देखिएको विमान दुबईमा सफल अवतरण

काठमाडौं । काठमाडौं विमानस्थलबाट टेकअफ गर्ने बित्तिकै समस्या देखिएको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ । फ्लाई दुबईको ५७६ एफजेड उडान नम्बरको जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२:११ बजे सफल अवतरण भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै ठुलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान १० बजे बस्ने भएको हो । सोमबारबाट जारी बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेटका सन्दर्भमा छलफल भइरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकले जानकारी दिए । सोमबारको बैठकमा दलको नेता शेरबहादुर देउवाले...