आज देशका पहाडी भू–भागमा वर्षाको सम्भाना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशको पहाडी भू–भागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागमा भोलि पनि मौसम प्रतिकूल रहने महाशाखाले जनाएको छ ।
