समाचार
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोरङ । विराटनगरको कन्चनबारी चोक नजिक मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना ४ ख ८६७९ नम्बरको ट्रकले आज बिहान सवा ७ बजेको समयमा ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार,...
प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ । बैठकमा, प्रतिनिधि सभा नियमावली २०७९...
बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले मंगलबार दुई वटा विधेयक पारितको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । मंगलबार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिठान ऐन २०७६ को साबिकको व्यवस्था जगाउने सम्बन्धी...
भिरबाट लडेर गर्भवतीको ज्यान गयो
डोटी । डोटीको जोरायल गाउँपालिका–१ कि एक गर्भवतीको भिरबाट लडेर ज्यान गएको छ । जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार, अनिता मंगलबार बिहान स्याउला लिन घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा गएकी थिइन...
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले यही बैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार १ हजार ४५३ परीक्षा केन्द्र रहने छन् । परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको...
बारा २ बाट जसपाका उपेन्द्र यादव विजयी
जनकपुरधाम । प्रतिनिधि सभा उप–निर्वाचन अन्तरगत बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका...
मकवानपुरमा दुई घर जलेर नष्ट, १० लाखको क्षति
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ मा आज बिहान दुई वटा घरमा आगलागी भएको छ । बिहान ११ बजेको समयमा स्थानीय गहिराम प्रजाको काठ, ढुङ्गा, माटो र खरले बनेको १ तले दुई वटा घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, आगलागीबाट...
देशभर १३६ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३६ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका...
रहेन ढाका कुमार श्रेष्ठको सांसद पद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको आजदेखि स्थान रिक्त भएको छ । सभामुख देवराज घिमिरेले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सो कुराको जानकारी गराएका हुन् । एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र...
चितवन–२ मा रवि लामिछाने विजयी
काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गरे । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको...










