नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीताको शपथ लिँदै

तु खबर संवाददाता
२०८० बैशाख २१, बिहीबार ०८:५३

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गरेका थिए ।

तीनै जना मन्त्री नेपाली कांग्रेसबाट नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हुन् । उनीहरुलाई राष्ट्रपति पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीमध्ये गुरुङले कानून, बस्नेतले स्वास्थ्य र लिम्बुले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।