समाचार

श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमानको मृत्यु

दाङ । दाङमा श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । जिल्लाको बङ्गलाचुली गाउँपालिका वडा नम्वर १ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, घरायसी विवादका कारण...

पोर्चुगल पठाइदिन्छु भनेर ठगेको आरोपमा पक्राउ

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ घर भएर ललितपुर बस्ने ४० वर्षीय कृतक बहादुर साउँद रहेका छन् । ‘पोर्चुगलको प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु’ भनेर आरोपीले पीडितसँग १३ लाख ९२ हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ...

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहीबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनसबापतको ५८ लाख २५ हजार कित्ता सेयर, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५...

आजको मौसम : देशका पहाडी भू–भागमा क्षणिक वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी...

सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार करिब ९० प्रतिशत पाठ्यपुस्तक...

कांग्रेस सहमहामन्त्री डीनाको निर्वाचन खर्च २८ लाख ५७ हजार

मकवानपुर । गत मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुरको क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका नेताहरु महालक्ष्मी उपाध्यायले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुर मार्फत निर्वाचन आयोगमा बुझाएको खर्च विवरण बुझाएकी हुन् । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी कांग्रेस...

उप–निर्वाचन : यी उम्मेदवारले १० मत पनि कटाउन सकेनन्

काठमाडौं । बैशाख १० गतेको सम्पन्न उप–निर्वाचनमा १७ जना उम्मेदवारले १० मत पनि कटाउन नसकेको पाइएको छ । बारा २ बाट स्वतन्त्र उम्मेदवारहरु उमेश प्रसाद यादव, जितेन्द्र प्रसाद यादव, उमाकुमारी कुशवाहा, शम्भु प्रसाद तेली, सुरेन्द्र कुमार सिंह, दुर्गा प्रसाद कोइरी, दिनेश प्रसाद यादव, सुरज साह तेली र रामबालक महरा...

अवैध लागूऔषधसहित चार जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित विभिन्न जिल्लाबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, कैलाली, दाङ र सर्लाहीबाट एक÷एक जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुर्फिन १...

करेन्ट लागेर युवकको मृत्यु

रौतहट । रौतहटमा बुधबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका–९, दुमरिया गाउँका बिसा पासवानको १५ वर्षीय छोरा चन्दन पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार दिउँसो आफ्नै खेतमा विद्युत मोटर जोडेर पानी तान्ने क्रममा पासवानलाई करेन्ट लागेको थियो ।...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश सभाको जारी हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सभा सचिवालका सचिव कृष्णहरि खड्काले एक सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । अधिवेशन अन्त्यको लागि बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले सिफारिस गरेपछि सोही बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार राती...