समाचार
राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरको नेतृत्वमा स्याङ्तान
मकवानपुर । राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरको अध्यक्षमा मिरा स्याङतान चयन भएकी छन् । मञ्चको बिहीबार हेटौंडामा भएको सातौं जिल्ला अधिवेशनबाट स्याङ्तानको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो । यस्तै, मञ्चको उपाध्यक्षमा जयबहादुर वाईव, देवकृष्ण थोकर, सचिवमा विष्णु आचार्य, सहसचिवमा सुलाल गोले, कोषाध्यक्षमा ठुलीमायया मुक्तान चयन भएका छन् । यसैगरी,...
उप–निर्वाचनबाट निर्वाचित सांसदहरुले शपथ लिँदै
काठमाडौं । उप–निर्वाचनबाट निर्वाचित भएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बैशाख १० गते सम्पन्न उप–निर्वाचनमा बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ...
सरकारी कार्यालय वरपर १० मिनेट सरसफाई अभियान संचालन गर्न आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगू नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान संचालन गर्न आग्रह गरेको छ । यसवर्ष पनि डेंगूका बिरामी बढ्नेसक्ने अनुमान गर्दै हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान...
प्रतिबन्धित लागूऔषधसहित तीन जना नियन्त्रणमा
झापा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले झापाबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार साँझ इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ५ मा भारतबाट नेपाल तर्फ आउँदै गरेका तीन जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा हुनेहरुमा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन...
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज सपथ लिँदै
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिने भएका छन् । नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपरान्ह १२ बजे पद तथा गोपनीयताका सपथ लिने भएका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको सपथ गराउने छन् ।...
बिहीबार स्थगित भएको राष्ट्रिय सभा बैठक आज बस्दै
काठमाडौं । बिहीबार स्थगित भएको राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो । बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो । यसअघि हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको...
एमालेले संसदीय समितिमा रहने सांसदहरूको नाम बुझायो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ । प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । नामावली अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा...
श्रीमतीको हत्या गरेर भागेका १८ वर्षपछि पक्राउ परे गोपाल
काठमाडौं । श्रीमतीको हत्यापछि फरार भएका आरोपीलाई केन्द्रीय अनुसन्धान ब्युरोले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–स्थित बुद्धनगर घर भएका खुमे दर्जी उर्फ गोपाल रहेका छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । २०६१ मंसिरमा दर्जीले चिर्पट प्रहार गरेर ४० बर्सिया...
आज देशका पहाडी भू–भागमा क्षणिक वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा संघीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ । आज सांसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ...










