समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शनिबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको...

नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार दिउँसो बसेको बढुवा समितिको बैठकले १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार...

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ढकाल

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा मनोनयन भएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७३ बमोजिम विभिन्न १० विषयगत समितिमा रहने सांसद्हरुको नाम सभाको स्वीकृतिको लागि पेश गरेका थिए । जसमा ढकालको नाम अन्तर्राष्ट्रिय सम्बन्ध...

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको हो । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए । कार्यबाहक राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन...

आगलागी हुँदा ३० हजारको क्षति

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ गर्दइ पुल नजिकै स्थानीय गणेश श्रेष्ठको खरको छानो, बासको बार भएको (खाना पकाउन बनाएको) टहरामा शुक्रबार आगलागी भएको छ । शुक्रबार साँझ ७ः२० बजेको समयमा बिजुलीको तार सट् भई टहरामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी...

हेटौंडाबाट तीन जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित रोशन होटल अगाडिबाट शुक्रबार लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार साँझ ५ बजेको समयमा उक्त होटल अगाडि रोकी राखेको बीआर ०६ सीजेट ३५०५ नम्बरको भारतीय गाडीलाई चेकजाचँ गर्दा लागूऔषध अफिम अन्दाजी ३०० मिलीग्राम बरामद भएपछि गाडीसहित...

कर्णालीका मुख्यमन्त्री शर्माले लिए तेस्रो पटक विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिएका छन् । मुख्यमन्त्री शर्माले चार महिना भित्रमा तेस्रो पटक विश्वासको मत लिएका हुन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३,...

विपन्न नागरिकको उपचारमा २ अर्ब २४ करोड ६३ लाख खर्च

काठमाडौं । सरकारले २ वर्षमा विपन्न नागरिकको औषधि उपचारका लागि २ अर्ब २४ करोड ६३ लाख ९५ हजार खर्च गरेको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार ०७८ साउनदेखि ०७९ चैत्रसम्म ३७ हजार जना बिरामीको स्वास्थ्य उपचारका लागि उक्त रकम खर्च गरेको हो । विपन्न नागरिकलाई विभिन्न ८ रोगको उपचार गर्न...

अवैध लागूऔषधसहित पाँच जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, धादिङ र मोरङ गरी तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ३० ट्याबलेटसहित रामेछाप मन्थली नगरपालिका–२ बस्ने १९ वर्षीय बिष्णु बस्नेतलाई शुक्रबार बिहान...

निलम्बित सांसद कोइरी संसदको उद्योग समितिमा

काठमाडौं । प्रहरी हत्या अभियोग लागेका एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी संसदको उद्योग तथा वाणिज्य समिति सदस्यमा प्रस्तावित भएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेका छन् । निलम्बित सांसद कोइरी प्रतिनिधि सभा बैठकमा ३ पटक उपस्थित भएका थिए...