समाचार

संसदीय विषयगत समिति गठन (नामावलीसहित)

काठमाडौं । संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका छन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछिको प्रतिनिधि सभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको थियो । यसबीचमा प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेको छ ।...

हेटौंडा उपमहानगरद्वारा एक महिने ग्रार्मेन्ट तालिम

मकवानपुर । हेटौंडा उपमहानगरले गार्मेन्ट उद्योग संचालनका लागि हेटौंडामा १० जनालाई एक महिने तालिम प्रदान गरेको छ । उपमहानगरको आर्थिक सहयोग तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको आयोजनामा एक महिने तालिम प्रदान गरिएको हो । तालिम शुक्रमबार सम्पन्न भएको हो । सिलाई व्यवसायी संघका अध्यक्ष जितेन नेपालीको...

दुर्घटनामा परेर टिप्पर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बबरमहलमा आज बिहान टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक दोलखाको ठूलोपाटन गाउँपालिका–१ का ३७ वर्षीय झकास पाख्रिन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बा १ क ३३०० नम्बरको टिप्पर आज बिहान सवा ३ बजे टायर भासिएर कोल्टे पर्दा...

थप १०३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३७५ पुग्यो

काठमाडौं । देशभर थप १०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ९२५ नमुना परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६२७ र एन्टिजेनबाट १२९८ नमुना परीक्षण गर्दा पीसीआरबाट ५०...

निर्वाचन आयोगले उपराष्ट्रपतिलाई बुझायो उप–निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति रामसहाय यादवसमक्ष प्रतिनिधि सभा सदस्य उप–निर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ । राष्ट्रपति रामचन्द्र पौडल अस्वस्थ भई दिल्लीमा उपचारत रहेकाले उनको अनुपस्थितिमा निर्वाचनको परिणामको प्रतिवेदन उपराष्ट्रपति यादवलाई बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा...

नवनिर्वाचित सांसद लामिछाने र वाग्लेले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचनबाट निर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । यही बैशाख १० गते सम्पन्न उप–निर्वाचनबाट निर्वाचित भएका चितवन २ का सांसद रवि लामिछाने र तनहुँ १ का सांसद स्वर्णिम वाग्ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई सभामुख...

बालबालिकालाई छुटेको खोप लगाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरी एकैसाथ खोप लगाउँदैछ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र बैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए । उनले दुई दिन खोप...

ट्याक्टरमा लोड गरेको रडले घोच्दा सैनिक जवानको मृत्यु

बारा । बाराको सिसहनियामा ट्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, बा ८० प ८२८० नंको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट कलैया जाने...

९७ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । ५ वर्षे वैदेशिक रोजगार बचतपत्र, २०८५ जारी गर्ने भएको हो । इच्छुक नेपाली रोजगारहरुले उक्त बचतपत्रमा लगानी गर्न सक्नेछन् । बचतपत्रमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ साझापुरमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, गएराति ना २२ प ६८०० नंको मोटरसाइकलले ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए ।...