समाचार

यस्तो रहनेछ आजको मौमस

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाका अनुसार, आज पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, कोशी प्रदेशका तराई भू–भागका एक÷दुई...

‘ए’ डिभिजन लिग अन्तरगत आज चार खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेलहरू हुने भएको छ । जसमा दुई खेल दशरथ रङ्गशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मच्छिन्द्र...

रास्वपा संसदीय दलको नेता अर्यालले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता डोलप्रसाद अर्याल (डिपी) ले आफ्नो पदबाट राजीनामा दिएका छन् । रास्वपाका उपसभापति समेत रहेका अर्यालले शनिबार पदबाट राजीनामा दिएका हुन् । शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा अर्यालले राजीनामा बुझाएका छन् । अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका...

पोखरीमा डुबेर मकवानपुरकी राईको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ७ हातिखोलास्थित सार्वजनिक जग्गामा सिंचाईको लागि खनेको पोखरीमा परेर शनिबार एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राम कुमार राईको छोरी ११ वर्षीया बिनिता राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी...

‘नयाँवर्ष शुभकामना पञ्चर्षीय विराट महायज्ञ २०८०’ को तयारी अन्तिम चरणमा

मकवानपुर । हेटौंडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको नयाँ वर्ष विराट ज्ञान महायज्ञ अन्तर्गत २०८० बैशाख २० गतेदेखि आयोजना हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समितिको सभाहलमा शनिबार पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष शुभकामना पञ्च वर्षीय विराट महायज्ञ अन्तर्गत २०८० श्री गारक्षेश्वर...

हेटौंडामा साइकल रन प्रतियोगिता सम्पन्न, उपाधि मगरलाई

मकवानपुर । हेटौंडामा शनिबार नगर खेलकुद विकास समितिको आयोजनामा खुल्ला साइकल रन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । प्रतियोगितामा शनिबार बिहान हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पाडाँडा, हटिया र...

मकवानपुर घर–जग्गा व्यवसायी संघको अध्यक्षमा मैनाली चयन

मकवानपुर । मकवानपुर घर जग्गा व्यावसायी संघको अध्यक्षमा कमलराज मैनाली चयन भएका छन् । संघको शनिबार हेटौंडामा भएको दोस्रो अधिवेशनबाट मैनालीको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, कार्यसमितिको उपाध्यक्षमा भिम प्रसाद तिमल्सिना, राजकुमार बानियाँ र ईवाकर मैनाली चयन भएका छन् । त्यस्तै, महासचिवमा शम्भु पुडासैनी,...

आफ्नै छोराको हत्या गर्ने बुवा पक्राउ

कैलाली । कैलालीमा आफ्नै छोराको हत्या गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरी रहेका छन् । उनलाई आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...

सरकारले एक महिनामा साढे ३३ अर्ब रकमान्तर गर्‍यो

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत्र महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार ३३ अर्ब ३४ करोड ४५...

चट्याङ लागेर एक वृद्धको ज्यान गयो

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गएराति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरिया रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार, उनलाई घरैमा बसिरहेको अवस्थामा चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ...