चितवनबाट पक्राउ परे मकवानपुरका मोक्तान
मकवानपुर । चितवन राप्ती नगरपालिका–५, भण्डारा बजारबाट प्रहरीले लागूऔषध गाँजासहित मकवानपुरका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ बस्ने ६८ वर्षीय ईन्द्र बहादुर मोक्तान रहेका छन् ।
शंका लागेर मोक्तानको झोला चेकजाँच गर्दा २ किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसनधानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
