एकनाले भरुवा बन्दुकसहित मकवानपुरका थिङ पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख २५, सोमबार ०९:१०
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले एकनाले भरुवा बन्दुकसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ दुम्सिडाडाँ बस्ने ३० वर्षीय बाबुलाल थिङ रहेका छन् ।

उनले आफ्नै भाइलाई जग्गाको विषयमा कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।