समाचार
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा संघीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ । आज सांसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ...
बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्पको धक्का महसुस
बाजुरा । बाजुराको दहकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएका छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गएराति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्पको धक्का महसुस भएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा ४.९, राति १ बजेर ३० मिनेट...
थप १११ जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ५१७ जनाको नमुनामध्ये १ हजार ४० जनाको पीसीआर परीक्षण...
वीरगञ्जबाट हेटौंडा आउँदै गरेको सुमोमा लागूऔषध बरामद, एक जना पक्राउ
बारा । बाराको जितपुरसिमारा उपमहानगरपालिका–२१ स्थित सडकबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोइन २०० ग्रामसहित भारत गोरखपुर खजुरी पंचायत बस्ने ६० वर्षीय संतोष कुमार त्रिपाठीलाई बिहीबार बिहान पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुािर, विशेष सूचनाको आधारमा वीरगंजबाट हेटौंडातर्फ आउँदै...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले...
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम निःशुल्क भरिने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि नागरिक सहायता कक्षाबाट निःशुल्क सेवा सुरु गरेको छ । प्रशासनले आजदेखि निःशुल्क रुपमा राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम भर्ने कार्य सुरु गरेको हो । प्रशासनले आफ्नो कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सेवाग्राही आफैले भरी पेश गर्नुपर्ने राहदानी...
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
काठमाडौं । नेपाल–संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र (बिसिएम) को छैटौं बैठक सम्पन्न भएको छ । बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको हो । बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लण्डनस्थित नेपाली दूतावासले...
शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको २१ लाख ७४ हजार २१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार...
राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको हो । विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार...
एनसेलले अब ९७० रेञ्जबाट नम्बर उपलब्ध गराउने
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले अब ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । एनसेलले बिहीबार एक सूचना जारी गर्दै ९८० रेञ्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको रेञ्जमा सिमकार्ड सकिएकोले अब ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेको जानकारी गराएको हो । जारी सूचनामा भनिएको...










