लागूऔषधसहित दुई महिला पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख २२, शुक्रबार १७:१६

काठमाडौं । लागूऔषधसहित प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ७६ ग्राम ३४० मिलि ग्रामसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा २१ वर्षीय सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीय सन्ध्या श्रेष्ठ रहेका छन् । झापाबाट एयरको जहाजमा काठमाडौंं आउँन लागेका उनीहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।