करेन्टले लियो ट्रक चालकको ज्यान
बाँके । बाँकेमा शुक्रबार बिहान करेन्ट लागेर ट्रक चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको राप्तीसुनारी गाउँपालिका–२ समशेरगंज बस्ने ३२ वर्षीय खुमबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बिहान भीमदत्त नगरपालिकाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९५३ नम्बरको ट्रकले बिजुलीको मेन लाइनमा छुँदा चालकको ज्यान गएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक गरिरहेको जनाएको छ ।
