समाचार
आजको मौसम : पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको छ । आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी...
आज २५६७ औं बुद्ध जयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो...
थाइल्याण्ड पठाइदिन्छु भन्दै साढे ३ लाख ठग्ने एक जना पक्राउ
काठमाडौं । थाइल्याण्ड पठाइदिन्छु भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको बालुवा घर भई काठमाडौंको टोखा बस्ने ३१ वर्षीय नन्दलाल महतो रहेका छन् । उनले भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि थाइल्याण्ड पठाईदिन्छु भन्दै साढे ३ लाख रुपैयाँ ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,...
कोरोना र डेंगु संक्रमणबाट एक युवकको मृत्यु
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस (कोभिड–१९) र डेंगु संक्रमणबाट एक जना युवकको मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’ मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए । नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका ती...
प्राविमा स्थायी शिक्षकका लागि १ लाख १२ हजारले दिए आवेदन
काठमाडौं । प्राथमिक तहको स्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा १ लाख १२ हजार भन्दा बढीले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगले गत चैत्र ९ मा विज्ञापन आह्वान गरेको थियो । खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएको आयोगले जनाएको छ ।...
मकवानपुरको गोगनेमा स्वास्थ्य शिविर, ३ सय जनाले लिए सेवा
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले ५ नम्बर वडास्थित गोगने चौकीटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ३ सय जना स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् । बुधबार गोगने स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दन्त रोगसम्बन्धी उपचार, प्रजनन् स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजन सेवा, पाठेघरको मुखको...
एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न पाइने
काठमाडौं । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भएपनि अबदेखि भने अनलाइनबाट...
नवनियुक्त ३ मन्त्रीद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त ३ मन्त्रीले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रमबीच शपथ ग्रहण गराएका हुन् । नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हिजो बुधबार मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री पुष्पकमल...
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, मोरङ, दाङ र झापा गरी चार छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१३, बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सुर्खेत भेरीगंगा नगरपालिका–९ बस्ने...
शेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र
काठमाडौं । शेयर ब्रोकर लाइसेन्सका लागि थप १३ नयाँ कम्पनीले आशय पत्र पाएको छ । यसअिघ १६ वटा कम्पनीलाई आशय पत्र दिएको नेपाल धितोपत्र बोर्डले हिजो बुधबार पुन थप १३ वटा कम्पनीलाई आश्य पत्र प्रदान गरेको हो । बोर्डले ब्रोकरका ती कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको हो ।...










