समाचार

विपन्नका लागि १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई विपन्न बिरामीको लागि कूल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा गराउन निर्देशन दिएको छ । मन्त्रालय र मातहतका निकायहरूबाट विभिन्न स्वास्थ्य संस्थाहरूमा नियमित तथा आकस्मिक अनुगमनको...

१३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३ घटेर १८९२ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ५७ हजार २८८ कित्ता शेयर किनबेच हुँदा आज ८४ करोड २५ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । नेप्से घटेसँगै...

बागमती प्रदेश मन्त्रिपरिषदको बैठक सकियो, यस्ता छन् निर्णय

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले बागमती प्रदेश सभाको हिँउदे अधिबेशनको अन्त्य गरेको...

इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं । ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमाप्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरिकला दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो । प्रहरीका...

कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको भाउ बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको जानकारी गराएको हो । भाउ बढेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख...

आजबाट इङवा हाइड्रोपावरको आइपीओ निष्काशन

काठमाडौं । इङवा हाइड्रोपावरले बैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ जारी गरिसकेको छ । कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको हो । जसमा सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४...

प्रेमबहादुर पुलामीको निर्वाचन खर्च २१ लाख रुपैयाँ

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । गत २०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा उनले २१ लाख ११ हजार ६ सय ८ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् । सांसद पुलामीले...

हेटौंडा उपमहानगरपालिकामा ६३ वटा बालश्रमको उजुरी दर्ता

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ६३ वटा बालश्रमसम्बन्धी उजुरी परेको छ । उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको तयारी थालेपछि उपमहानगरमा ६३ वटा बालश्रमसम्बन्धी उजुरी परेको हो । जसमध्ये हेटौंडा–१ बाट एउटा, हेटौंडा–२ बाट एउटा, हेटौंडा–३ बाट ३ वटा, हेटौंडा–४ बाट ९ वटा, हेटौंडा–५ बाट ५ वटा, हेटौंडा–७ बाट २...

सरकारको भूमिका खोज्दै सामुदायिक क्याम्पस

मकवानपुर । विद्यार्थीहरुले न्यूनतम शुल्कमा उच्च शिक्षा हासिल गर्न सकुन् भन्ने उद्देश्यले सञ्चालित सामुदायिक क्याम्पसको विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिको सवालमा सरकारको भूमिका खोजी गरिएको छ । हेटौंडा–४ स्थित सामुदायिक क्याम्पस हेटौंडा क्याम्पसले सरकारको नेतृत्वलाई बोलाएर मकवानपुरका सामुदायिक क्याम्पसको समग्र विकासमा बागमती प्रदेश सरकारको भूमिका खोजेको हो । सामुदायिक...

कुमारी मोक्तानको निर्वाचन खर्च साढे ८ लाख रुपैयाँ

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वरको २ को (क) बाट निर्वाचित बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेकी छन् । गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा उनले ८ लाख ४९ हजार ४ सय ९९ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेकी हुन्...