थाइल्याण्ड पठाइदिन्छु भन्दै साढे ३ लाख ठग्ने एक जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख २१, बिहीबार १७:५४
file-photo

काठमाडौं । थाइल्याण्ड पठाइदिन्छु भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको बालुवा घर भई काठमाडौंको टोखा बस्ने ३१ वर्षीय नन्दलाल महतो रहेका छन् ।

उनले भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि थाइल्याण्ड पठाईदिन्छु भन्दै साढे ३ लाख रुपैयाँ ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनको आरोप छ ।

उनले थाइल्याण्ड जानका लागि साढे ३ लाख रुपैयाँ लाग्छ र थाइल्याण्डमा मासिक १ लाख भन्दा बढी तलव हुन् भन्ने प्रलोभन देखाइ बुढासँगबाट साढे ३ लाख रुपैयाँ ठगेर वेपत्ता भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको प्रहरीले जनाएको छ ।