आजको मौसम : पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० बैशाख २२, शुक्रबार ०८:१६
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको छ ।

आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यो क्रम शनिबार पनि कायमै रहने महाशाखाले जनाएको छ ।