शहिद स्मारक लिग अन्तरगत आज दुई खेल हुँदै

तु खबर संवाददाता
२०८० बैशाख २४, आईतवार ०९:३७

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुनेछ। सो खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।