आफ्नै दिदीको हत्या गरेको आरोपमा युवक पक्राउ
काठमाडौं । दोलखामा आफ्नै दिदी हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलुङ गाउँपालिका–१ पोवटीका २३ वर्षका रामभरत भुजेल रहेका छन् । उनलाई आफ्नै दिदी कल्पनाको हत्या आरोपमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार, ३२ वर्षकी कल्पना भुजेल श्रेष्ठ १ वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । भाइ रामभरतले उत्तिसको दाउराले टाउकोमा प्रहार गर्दा कल्पनाको मृत्यु भएको हो ।
शुक्रबार साँझ पक्राउ परेका रामभरतमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
