५४ तोला सुन र साढे ७ लाख भारुसहित दुई जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०८० बैशाख २३, शनिबार १६:२५

विराटनगर । विराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँसहित प्रहरीले शुक्रबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका रहेका छन् । विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् ।

उनीहरूको साथबाट ८ किलो चाँदी पनि बरामद भएको छ । को २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ ।