बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक जारी

तु खबर संवाददाता
२०८० बैशाख २०,बुधबार १६:४५
file-photo

काठमाडौं । सत्ता गठबन्धनको बैठक हाल जारी छ । गठबन्धन दलका बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो ।

बैठकमा सरकारको नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने बताइएको छ । उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ ।

तर, रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ । यदि रास्वपा सरकारमा आए गठबन्धनमा रहेका दलबीचको भागबण्डा साटफेर हुनेछ ।