समाचार

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरीका अनुसार, काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४२९४ नम्बरको गाडीले गएराति सडक छेउमा हिँडिरहेका उनलाई...

शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षबाट बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस सुरु हुने भएको छ । मंगलबा सरकारी वकिलको बहस सकिएसँगै आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्ने भएका हुन् । बहसका लागि पूर्व महान्यायाधिवक्ता नेपाल बार एशोसियनका बहालवाला अध्यक्ष, पूर्व अध्यक्षहरूले नाम टिपाएका छन् । यसअघि नै निर्धारण भएको...

हेटौंडामा ग्यास दुर्घटना न्यूनिकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम

मकवानपुर । ग्यास व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडामा मंगलबार ग्यास दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ । उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा–१०, बसपार्क, हेटौंडा–९, कर्रा र हेटौंडा–२, संगमचोक गरी तीन छुट्टाछुट्टै स्थानमा भएको हो । हेटौंडा–१० मा भएको कार्यक्रममा ग्यास व्यवसायी संघ मकवानपुरका अध्यक्ष गोविन्द जोशीको अध्यक्षता...

अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, तनहुँ, मोरङ, कैलाली र कञ्चनपुर गरी पाँच छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्रामसहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने २६...

धारिलो हतियार प्रहार गरी दम्पतीको हत्या

बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार, भेडिहार दम्पतीको सोमबार राति उनीहरु...

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको मंगलबार बस्ने गरी बोलाइएको बैठक स्थगित भएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय गरेको राष्ट्रिय सभाको बैठक विशेष कारणवश बुधबारसम्मका लागि स्थगित भएको हो । मंगलबार लागि निर्धारण गरेको बैठक संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर स्थगित भएको जानकारी गराए...

जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला

धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । उक्त शव गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुढाको शव घर नजिकैको केदारेश्वर सामुदायिक वनमा गाडेको अवस्थामा फेला परेको हो । बुढाका परिवारले उनी हराएको भन्दै...

उपमहानगरको विकासमा सहयोग गर्न मुख्यमन्त्रीलाई महतको सुझाव

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौंडा उपमहानगरपालिकाको लागि बागमती प्रदेश सरकार समक्ष सुझावहरु पेश गरेका छन् । हेटौंडालाई समृद्ध बनाउने उद्देश्यका साथ सचिव महतले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विभिन्न योजनाहरु समेटिएको सुझावपत्र पेश गरेका छन् । उनले पर्यटन, धार्मिक, जलचर संरक्षण, विभिन्न जंगली जनावरका फार्महरुका बारेमा, फलफूलको...

धनगढी उडेको विमानमा समस्या आएपछि…

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै फर्काएर अवतरण गराइएको छ । ७२ जना यात्रु लिएर आज बिहान उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० माइल पुर पुगेपछि फर्काएर अवतरण गराइएको विमानस्थलमा प्रवक्ता टेकनाथ सिटौलाले बताए । ‘प्रसाइराइजेसन फेलियर’ का कारण विमान अवतरण गर्नु...

शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलको बहस सकिएको छ । थुनछेक बहस मंगलबार सकिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनका अनुसार, सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानून व्यवसायीको बहस सुरु हुनेछ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको...