राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । राष्ट्रिय सभाको मंगलबार बस्ने गरी बोलाइएको बैठक स्थगित भएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय गरेको राष्ट्रिय सभाको बैठक विशेष कारणवश बुधबारसम्मका लागि स्थगित भएको हो ।
मंगलबार लागि निर्धारण गरेको बैठक संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर स्थगित भएको जानकारी गराए ।
राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो । आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थियो ।
