समाचार
विवेकशील साझाद्वारा पार्टीका विभाग गठन
काठमाडौं । विवेकशील साझा पार्टीले विभिन्न विभागहरु गठन गरी विभागीय प्रमुखहरु चयन गरेको छ । पार्टीको मुख्यालय बखुन्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले ११ वटा विभागका प्रमुखहरु चयन गरेको हो । बैठकले संगठन विभागको प्रमुखमा महासचिव रञ्जु दर्शना, प्रशिक्षण विभागको प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार, नीति तथा कार्यक्रम विभाग प्रमुखमा...
गणतन्त्र दिवसका अवसरमा ५०१ जनाले पाए आममाफी
काठमाडौं । गणतन्त्र दिवसको अवसरमा ५०१ जनाले आममाफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा १९ व्यक्तिलाई कैद सजाय माफी गरेका हुन् । आइतबार राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार रेशम चौधरी र टोपबहादुर बुढासमेतका १९ जनालाई कैद सजाय...
आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही देशका अन्य भ–ूभागमा आंशिक बदली रहनेछ । यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र...
रेशम चौधरीले पाए आममाफी, कारागारबाट रिहा
काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीले आममाफी पाएका छन् । चौधरीले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । ५ वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष...
‘सुशासन, विकास एवम् समृद्धिको पथमा लम्किने आधार गणतन्त्र’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशलाई सुशासन, विकास एवम् समृद्धिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताएका छन् । प्रदेश प्रमुख शर्माले सोमबार मनाइँदै गरिएको १६ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सो कुरा बताएका हुन् । नेपाल शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई...
आज गणतन्त्र दिवस मनाइँदै
मकवानपुर । आज सोमबार १६ औँ गणतन्त्र दिवस देशैभर मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले वि सं २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । आज लामो इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा...
बागमती प्रदेश सभाको अर्को बैठक जेष्ठ १७ गते बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको अर्को बैठक यही जेष्ठ १७ गते अपराह्न १ बजे बस्ने बस्ने भएको छ । आइतबार अपराह्न बसेको प्रदेश सभाको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सार्वजिक गरेको नीति तथा कार्यक्रमको धन्यवादको प्रस्ताव पारित...
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार अपराह्न बसेको प्रदेश सभाको बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सार्वजनिक खर्चमा मितव्ययिता, स्रोतसाधन परिचालनमा दक्षता र विनियोजन कुशलता अभिवृद्धि गरी बजेटको...
बाँझो जग्गाको सदुपयोग गर्न करार खेती कार्यक्रमलाई निरन्तरता दिने
मकवानपुर । बागमती प्रदेश सरकारले बाँझो जग्गाको सदुपयोग गर्न वैज्ञानिक नीति तयार गरी करार खेती कार्यक्रमलाई निरन्तरता दिने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि आईतबार सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेशमा...
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत सुधार र सुदृढीकरण गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत सुधार र सुदृढीकरण गरिने भएको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सो कुराको जानकारी गराएको हो । उनले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउन...









