ए डिभिजन लिग अन्तरगत आज चार खेल हुँदै

तु खबर संवाददाता
२०८० जेष्ठ २३,मंगलवार ०८:५४

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दुई वटा खेल रंगशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक/एक खेल हुनेछ ।

च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र विभागीय टोली एपीएफ फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

यता, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । उक्त खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्री–स्टार क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । उक्त खेल ३ बजेबाट सुरु हुनेछ ।

रंगशालमा हुने दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । सो खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ ।