दुर्घटनामा परेर हेटौंडाका थिङ घाइते

तु खबर संवाददाता
२०८० जेष्ठ २३, मंगलवार ०९:२६

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा टिपर चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, बसमाडीका ३२ वर्षीय प्रदीप थिङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई त्रिशूलीमा खस्दा थिङ घाइते भएका हुन् ।

घाइते उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।