समाचार

आफ्नै छोराको हत्या गर्ने बाबु पक्राउ

काठमाडौं । आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारी रहेका छन् । आफ्नै १४ दिनको छोराको यही जेष्ठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं...

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तामाङ पक्राउ

काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले मंगलबार काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु लिखुपिके गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया...

कैलाशका महिलालाई जुत्ता बनाउने तालिम

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ९ र १० का महिलाहरुलाई दिइएको मखमलको जुत्ता बनाउने तालिम सम्पन्न भएको छ । लालित्य सेवा प्रतिष्ठानद्वारा आयोजना एवम् गाउँपालिकाको आर्थिक सहयोगमा गरिएको १५ दिने तालिम बुधबार सम्पन्न भएको हो । तालिम प्रतिष्ठानका अध्यक्ष मुना पाठक कठायतको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर...

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार...

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकालाई सर्वदलीय बैठक बोलाउने निर्णय गरेको छ । आयोगका पदाधिकारीहरूको बुधवार बसेको बैठकले यही जेठ २६ गते बिहान साढे ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाउने निर्णय गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनका अनुसार,...

बागमतीमा अपराधसम्बन्धी ४०५४ वटा मुद्दा दर्ता

मकवानपुर । बागमती प्रदेशमा चालु आर्थिक वर्षमा अपराध सम्बन्धी ४ हजार भन्दा बढी दर्ता भएको छ । प्रदेशमा चालु आव २०७९/०८० को हालसम्म ४ हजार ५४ वटा मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकमा उल्लेख छ । तथ्याङ्क अनुसार, गत वर्ष चालु आवको तुलनामा यस वर्ष अपराधका...

श्रोत नखुलेको भारतीय रुपैयाँसहित मगर पक्राउ

कपिलवस्तु । स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–३ बस्ने २२ वर्षीय राज कुमार पुन मगर रहेका छन् । मगरलाई कृष्णनगर नगरपालिका–२ यात्रु गेटबाट श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित मंगरबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका...

दुर्घटनामा परेर चार जनाको मृत्यु

काठमाडौं । पछिल्ला २४ घण्टामा देशमा विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर कम्तीमा ४ जनाको मृत्यु भएको छ । देशको काठमाडौं, चितवन, काभ्रे र धनुषामा भएको छुटछुट्टै दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली सानोबाईपासस्थित सडकमा बा.२ ख ८४१३ नम्बरको बसको ठक्करबाट...

निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका उनले सरकारले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्ने...

मन्त्रिपरिषद् बैठक : विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय

काठमाडौं । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले विद्युत व्यापारसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । नेपाल र भारतका बीचमा सन २०१४...