समाचार
कांग्रेस नेतृ तथा पूर्व राज्यमन्त्री पाण्डेको निधन
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवम् महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ । पाण्डेको मंगलबार काठमाडौंको गौशालास्थित आफ्नै निवासमा निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ । पाण्डेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखिनेछ ।...
हेटौंडाका विपन्न बालबालिकालाई डिप्लोमा कम्प्युटर शिक्षा
मकवानपुर । दैनिक जिविको पार्जनका लागि समस्यामा पर्दै आएका परिवारका बालबालिकाका लागि हेटौंडामा निःशुल्क डिप्लोमा कम्प्युटर शिक्षा प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौंडा–१६ र १७ मा रहेर कम्प्युटर शिक्षामा चासो राख्ने विपन्न परिवारका बालबालिकालाई कम्प्युटर शिक्षा दिइएको हो । ६ महिने डिप्लोमा शिक्षा सकेका १६ र...
रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
काठमाडौं । टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । टिकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् । उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि...
विश्व वातावरण दिवसको अवसरमा सरसफाई र रक्तदान कार्यक्रम
मकवानपुर । ५१ औं विश्व वातावरण दिवसको अवसरमा आज हेटौंडामा सरसफाई र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाले आयोजना साताव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन सरसफाई र रक्तदान कार्यक्रम सम्पन्न भएको हो । दिवसको अवसरमा हेटौंडाको राप्तीनदी आसपासका क्षेत्रको...
हेटौंडाका खड्कासहित दुई जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले मकवानपुरगढी गाउँपालिका–२ ठुलोदमारबाट ९ सय २० ग्राम लागूऔषध गाँजासहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासहित दुई जना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका अर्का एक जनाको भने नाम...
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख ५५ हजार ६५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो...
शेयर बजारमा ५३ अंकको गिरावट
काठमाडौं । आज साताको शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । बजेट घोषणापछि शेयर बजारमा आज उच्च अंकको गिरावट आएको हो । नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता शेयर किनबेच हुँदा...
सार्वजनिक ऋणको ब्याज तिर्न सरकारले छुट्यायो १ खर्ब ५ अर्ब रुपैयाँ
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सार्वजनिक ऋणको ब्याज भुक्तानीका लागि मात्र १ खर्ब बढी बजेटको छुट्याएको छ । आन्तरिक र बाह्य ऋणको ब्याज खर्च बापत सरकारले कूल १ खर्ब ५ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ छुट्याएको हो । सरकारको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको...
एकैदिन प्रतितोला २४०० रुपैयाँले बढ्यो सुनको भाउ
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ । सोमबारस्थिर रहेको सुनको मंगलबार एकासी २ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला...
हेटौंडामा विश्व वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले ५१ औं विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । “प्लाष्टिकजन्य प्रदूषण निमूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं” भन्ने मुल नाराका साथ जेष्ठ १६ गतेदेखि जेष्ठ २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने भएका मुल आयोजक समारोह...










