समाचार

सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको आग्रह

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले...

बहुविवाहको आरोपमा एक जना पक्राउ

काठमाडौं । बहुविवाह गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएका ४९ वर्षीय सन्जित पाण्डे रहेका छन् । पाण्डेलाई काठमाडौंको कुलेश्वरबाट मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार, उनलाई मिना लोहनीले दिएको जाहेरीका आधारमा...

अल्जेरियामा सवारी दुर्घटना हुँदा ३४ जनाको ज्यान गयो

अल्जियर्स । अल्जेरियाको दक्षिणी भागमा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३४ जनाको ज्यान गएको छ । राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवीसथत तामनरासेट शहरमा यात्रीबाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठाकिँदा उक्त हताहति भएको उद्धारामा संलग्न एक अधिकारीले बताएका छन् । दुई वटा सवारी...

राष्ट्रिय सभा बैठक भोलि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक भोलि बिहीबार बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयकलाई प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्...

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । यसअघि मंगलबार र बुधबार बहस हुँदाहुदै समय सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा...

बागमती प्रदेश सरकारद्वारा जनता माविलाई बस हस्तान्तरण

मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ स्थित जनता माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा विद्यालयलाई बस हस्तान्तरण गरिएको हो । बुधबार एक कार्यक्रमबीच बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले विद्यालयलाई बस हस्तान्तरण गरेका हुन् । सो...

अवैध लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मोरङ, झापा, सुनसरी र चितवन गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको टिकापुर नगरपालिका–१ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोईन २५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय नबिन...

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ भोलिदेखि खुल्ने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ भोलिदेखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भोलिदेखि आईपीओ खुल्ला गर्न लागेको हो । कम्पनीले पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले १० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ दरका १० लाख साधारण...

बुधबार ११ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूकक ११.१७ अंकले बढेर २१६५ विन्दुमा कायम भएको छ । बुधबार नेप्सेमा सूचीकृत २६० कम्पनीहरुको ८६ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजारको...

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं ।  सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा समावेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सार्वोच्च अदालतमा रित दर्ता भएको हो । अधिवक्ता अनिल आचार्यसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई रिट...