बुधबार ११ अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० श्रावण ३, बुधबार १५:४९

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूकक ११.१७ अंकले बढेर २१६५ विन्दुमा कायम भएको छ ।

बुधबार नेप्सेमा सूचीकृत २६० कम्पनीहरुको ८६ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजारको कारोबार भएको छ ।

यसअघि मंगलबार नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४ विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २५५ कम्पनीहरुको ८६ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ५४ करोड ४८ लाखको कारोबार भएको थियो ।

बुधबार ८ उपसूचकहरुमा रातो पोतिदा ५ वटा उपसूचकमा मात्र हरियाली छाएको छ । आज ट्रेडिङ उपसूचक सर्वाधिक ४.८३ प्रतिशतले बढेको छ ।