समाचार

महिला विश्वकप फुटबलको उद्घाटन खेल न्युजिल्यान्डले जित्यो

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार भएको उद्घाटन खेलमा न्युजिल्यान्डले जित हासिल गरेको छ । न्युजिल्यान्डले नर्वेलाई १—० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । महिला विश्वकपको नवौं संस्करण न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको हो । अकल्यान्डमा खेलिएको उद्घाटन खेलमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो...

शेखर कोइरालालाई कांग्रेसका वरिष्ठ नेता बनाउन माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्न माग गरिएको छ । तेस्रो दिन आज जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य डा.मोहनचन्द्र यादवले कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् । कांग्रेसको परम्परा अनुसार नेतृत्वको मुख्य प्रतिस्पर्धीलाई वरिष्ठ नेताको पद दिने उल्लेख गर्दै...

राक्सिराङमा गाँजाको विकल्पमा कफी रोपियो

मकवानपुर । राक्सिराङ गाउँपालिकामा लागूऔषध गाँजाको विकल्पमा कफीको विरुवा रोपिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिका–५ ठाडेचुरेमा गाँजाको विकल्पमा कफीको विरुवा रोपिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ४ हजार कफीको विरुवा रोपिनुको साथै १५...

सुन तस्करीको आरोपमा ६ जना पक्राउ

काठमाडौँ । प्रहरीले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको करिब एक सय किलो सुन ट्याक्सीबाट बरामद भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू...

भन्सार विभागले बनायो छानविन समिति

काठमाडौँ । भन्सार विभागले छानविन समिति बनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिमाणको सुन बरामद भएपछि विभागले छानविन समिति बनाएको हो । विभागका अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानविन समिति बनाइएको हो । सो समितिले विमानस्थलको भन्सार जाँचपासमा संलग्नहरूको छानविन गर्ने जनाइएको छ ।...

सुन तस्करीमा मेरो संलग्नता छैनः व्यवसायी मलहोत्रा

काठमाडौँ । व्यवसायी दीपककुमार मलहोत्राले बुधबार राति बरामद भएको झण्डै एक क्विन्टल सुनबारे आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मलहोत्राले बरामद भएको सुन र ट्याक्सीबारे आफुृलाई जोडेर विभिन्न मिडियामा समाचार प्रकाशित भएको भन्दै ती समाचार भ्रामक भएको प्रष्टीकरण दिएका छन् । समाचारमा लेखिएजस्तो...

मनहरीमा सिलिण्डर पड्कियो, लाखौँको क्षति

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–१ चकरीस्थित एक किराना पसलमा गएराति ग्यास सिलिण्डर फड्किएको छ । स्थानीय दीपक ढकालको पसलमा ग्यास सिलिण्डर पड्किएपछि आगलागी हुँदा जलेर लाखौँको सामान नष्ट भएको प्रहरीले जनाएको छ । सो घटनामा पसलमा रहेको सामान जली ४ लाख ४७ हजारको भएको आँकलन गरिएको छ ।...

मकवानपुरमा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईंले हेटौंडा उपमहानगरपालिका वडा नं. ५ निवासी गिरिजा अधिकारीलाई आज बिहिबार राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी सो कार्यको सुरुवात गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ३७ हजार ८ सय...

हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटे चेकपोष्ट अगाडिबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्साको वीरगंज महानगरपालिका वडा नम्वर २ राधेमाई बस्ने ३५ वर्षीया किरण देबिना, भारतको मतिहारी जिल्ला कलबारी मोडरीग्राम...

महिला विश्वकप फुटबल आजदेखि सुरु

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजनामा आजबाट उक्र खेल हुने भएको हो । महिला विश्वकपको यो नवौँ संस्करण हो । आज पहिलो दिन दुई खेल हुँदैछन् । जसमा समुअ ए मा रहेको न्युजिल्याण्ड र नर्वेबीच उद्घाटन...