समाचार

आज देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा...

राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने

काठमाडौं । आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ । संयुक्त संयोजित संगठनहरुद्वारा आयोजित विरोध प्रदर्शन अपराह्न २ बजे गर्ने भएको हो । भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए । भ्रष्टचार विरोधी तथा सुशाषनको पक्षमा, सिमा...

एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि यही साउन ५ गते (आज) सम्म आवेदन दिन आग्रह गरेको थियो । पुनर्योगका लागि सम्बन्धित...

मकवानपुर ट्राफिक प्रहरीद्वारा ३ करोड ६९ लाख बराबरको राजस्व संकलन

मकवानपुर । मकवानपुर ट्राफिक प्रहरीले एक वर्षको अवधिमा ३ करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको जनाएको छ । आर्थिक वर्ष २०७९/०८० को साउनदेखि असार मसान्तसम्ममा उक्र रकमको राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए । उनका अनुसार ट्राफिक नियम...

सुन तस्करी प्रकरण : आरोपितलाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राख्न अनुमति दिएको छ । बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई  अनुमति दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले...

राप्रपाले तोक्यो स्थानीय तहहरुमा जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहहरूमा जिम्मेवारी तोकेको छ । संगठन विस्तारको योजनासहित राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले सातै प्रदेश अन्तरगतका जिल्लामा पर्ने स्थानीय तहहरूमा केन्द्रीय र स्थानीय नेतासमेतलाई समेटेर जिम्मेवारी तोकेको हो । जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका...

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कैलाली, रुपन्देही र धादिङ गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको कैलारी गाउँपालिका–३ सुर्मिनलाबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ...

नेप्से झिनो अंकले घट्यो, ३ अर्ब ५ करोडको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से १.३१ अंकले घट्दा २१६३.९२ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २६४ कम्पनीको ८४ लाख २४ हजार १ सय ८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ५ करोड रुपैयाँ...

एमालेले एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्याउने संकल्प

काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनमा १० लाख सदस्य पुर्याउने संकल्पका साथ पार्टी लागिरहेको जनाएको छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका हुन् । जारी वक्तव्यमार्फत् अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने...

बिँडी नदिएको निहुँमा पुरुषको हत्या

जनकपुरधाम । सप्तरीमा एक युवकले बिँडी नदिएको निहुँमा एक जनाको हत्या गरेको खुलेको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–८, बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागी खाने अन्दाजी ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका थिए । उनलाई चिरपट प्रहार गरि हत्या गरिएको...