समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

बक्सिङ संघको कार्यसमितिमा मकवानपुरका ३ जना

मकवानपुर । नेपाल बक्सिङ संघको कार्यसमितिमा मकवानपुरका तीन जना चयन भएका छन् । संघको पोखरामा सम्पन्न भएको छैठौं साधारणसभा तथा अधिवेशनबाट कार्यसमितिमा मकवानपुरका तीन जना चयन भएका हुन् । संघको कार्यसमितिको उपाध्यक्षमा मकवानपुरका सविन भट्टाचार्य, सदस्यमा सुशील घिमिरे र मिलनध्वज राना मगर चयन भएका हुन् । दुई दिनसम्म संचालन...

हेटौंडा सिमेन्ट उद्योगको उतपादन कार्य बन्द

मकवानपुर । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन कार्य आजदेखि बन्द भएको छ । सिमेन्ट उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि आज उत्पादन कार्य बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए । करिब दुई हप्ताभित्रै आगो बाल्ने भट्टिमा जडान गरिएको...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ । धादिङको रोराङ गाउँपालिका–३ मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतकको सनाखत...

सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । ‘….निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट...

चट्याङ लागेर वडा सदस्यको मृत्यु

रोल्पा । रोल्पामा गएराति चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्ती मगरको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक घर्तीमगरलाई आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङ लागेको थियो । उक्त घटनाको बारेमा...

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना निलम्बित

काठमाडौं । करिब १०० किलो सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरेको छ । भन्सारका जाँच पास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए । क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौं आएको सुन तस्करी गरेको आरोपमा...

कोरियाबाट फर्किएर पुनः जान चाहनेलाई लक्षित गरी भाषा परीक्षा हुने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएर पुनः कोरिया जान चाहने कामलाई लक्षित गरी भाषा परीक्षा संचालन भएको छ । सन् २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सीबीटी) संचालन गर्न लागिएको ईपीसी कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार, ह्युमन रिर्सोस...

मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि खुल्ला गर्ने

काठमाडौं । मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आईपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार...

स्रोत नखुलेको १२ लाखसहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर । प्रहरीले स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहित आज दिउँसो विराटनगरबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विराटनगर–२ नम्बर ढाटबाट सशस्त्र प्रहरीले उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत विहारका ८१ वर्षीय राम नरेश सिंह र सवारी चालक ३३...