बक्सिङ संघको कार्यसमितिमा मकवानपुरका ३ जना

मकवानपुर । नेपाल बक्सिङ संघको कार्यसमितिमा मकवानपुरका तीन जना चयन भएका छन् ।
संघको पोखरामा सम्पन्न भएको छैठौं साधारणसभा तथा अधिवेशनबाट कार्यसमितिमा मकवानपुरका तीन जना चयन भएका हुन् ।
संघको कार्यसमितिको उपाध्यक्षमा मकवानपुरका सविन भट्टाचार्य, सदस्यमा सुशील घिमिरे र मिलनध्वज राना मगर चयन भएका हुन् ।
दुई दिनसम्म संचालन भएको ४० जिल्लाबाट ७६ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।