समाचार

ललिता निवास प्रकरण : आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपितहरुलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । अदालतले शुक्रबार उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीत सबै जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

वीपी कोइरालाको स्मृति दिवसमा वृक्षारोपण कार्यक्रम

मकवानपुर । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले वृक्षरोपण तथा डष्टबिन वितरण कार्यक्रमको आयोजना गरेको छ । संघले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीमा वृक्षारोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको हो । संघले...

बसभित्र वृद्धालाई सामुहिक बलात्कार गर्ने दुई जना पक्राउ

दाङ । दाङमा बिहीबार राति एक वृद्धालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र अन्दाजी ७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।...

मकवानपुरबाट ६५८९ जनाले प्राप्त गरे राहदानी

मकवानपुर । मकवानपुरबाट पछिल्लो ३ महिनामा साढे ६ हजार भन्दा बढीले राहदानी प्राप्त गरेका छन् । गत बैशाख, जेष्ठ र असार गरी ६ हजार ५ सय ८९ जनाले राहदानी प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । सोही अवधिमा ४ हजार ४ सय ४८ जनाले नयाँ नागरिकता प्राप्त...

आज हेटौंडाको विभिन्न फिडरमा विद्युत अवरुद्ध हुने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना सार्वजनिक गर्दै हेटौंडाका विभिन्न फिडरमा अपराह्न १ बजेदेखि ४ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको हो । प्राधिकरणका अनुसार, आज ३३ केभि फिडर अन्तर्गत पर्ने शिवम् सिमेन्ट र...

गैंडाको आक्रमणबाट अधिकारीको मृत्यु

चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको गैंडाको आक्रमणबाट बिहिबार दिउँसो मृत्यु भएको हो । बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जंगलमा खोजी गर्दा आज बिहान उनको शव...

जसपाले फेर्याे पार्टीको झण्डा र लोगो

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको झण्डा र लोगो फेरेको छ । जसपाले संशोधनसहित तयार भएको विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झण्डा र लोगो बनाएको हो । गत असार १० देखि १२ गतेसम्म चलेको विधान अधिवेशनमा पार्टीको विधान मस्यौदा प्रस्तुत गरिएको थियो । त्यसमा छलफल हुँदा...

बाघको छालासहित २ जना पक्राउ

धनगढी । कैलालीमा बाघको छालासहित प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका–२ रिङरोडबाट बाघको छालासहित दुुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ का ६५ वर्षीय देवसिंह विष्ट र पाटन नगरपालिका–८ का ३० वर्षका हर्कबहादुर विष्ट रहेको इलाका प्रहरी कार्यालय...

डेंगू संक्रमण भदौ र असोजमा उच्च हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डंगू संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेंगू रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगू संक्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक...

कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले धारणा राखेका थिए । केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले...