वीपी कोइरालाको स्मृति दिवसमा वृक्षारोपण कार्यक्रम

तु खबर संवाददाता
२०८० श्रावण ५, शुक्रबार १५:२७

मकवानपुर । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले वृक्षरोपण तथा डष्टबिन वितरण कार्यक्रमको आयोजना गरेको छ ।

संघले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीमा वृक्षारोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको हो । संघले नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको सहयोगमा डष्टबिन वितरण गरी बिरुवा रोपेको जनाएको छ ।

कार्यक्रम नेविसंघ मकवानपुर जिल्ला उपाध्यक्ष शुसन रुम्बाको सभाध्यक्षता एवम् नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सदस्य राजकुमार वाईबा, धिरेन्द्र लामा (धिरेन), कालू घलान, क्षेत्रीय सह–सचिव सानुकान्छा दोङ्ग, नेविसंघ वरिष्ठ नेता मिलन पुडासैनी, हेटौंडा–१३ नम्वर वडाध्यक्ष पेम्बा लामा, नेविसंघ जिल्ला सचिव सुनिल बोम्जन, नेविसंघ जिल्ला सदस्यद्वय शोहित ढकाल र विनोद थिङ लगायतको सहभागिता रहेको थियो ।

कोइरालाको स्मृति दिवसको अवसर पारेर नेविसंघले शनिबार बिहान उनको सम्झनामा मकवानपुरगढी– ४ स्थित मनकामना सामुदायिक बनमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

त्यस्तै, संघले शनिबार बेलुका उनको सम्झनामा हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछ ।