मकवानपुरबाट ६५८९ जनाले प्राप्त गरे राहदानी
मकवानपुर । मकवानपुरबाट पछिल्लो ३ महिनामा साढे ६ हजार भन्दा बढीले राहदानी प्राप्त गरेका छन् । गत बैशाख, जेष्ठ र असार गरी ६ हजार ५ सय ८९ जनाले राहदानी प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
सोही अवधिमा ४ हजार ४ सय ४८ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् भने ३ हजार २ सय २२ जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन् । नयाँ नागरिकता प्राप्त गर्नेमा २ हजार ४१ जना पुरुष र २ हजार ४ सय ७ जना महिला रहेका छन् ।
यस्तै, कार्यालयबाट सोही अवधिमा ४ हजार एक सय ९८ पुरुष र २ हजार ९ सय ८२ जना महिलाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको जनाएको छ । साथै कार्यालयले १ सय ३१ जनालाई नाबालक परिचयपत्र वितरण गरेको छ ।
