मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि खुल्ला गर्ने

तु खबर संवाददाता
२०८० श्रावण ५,शुक्रबार १६:०४
file-photo

काठमाडौं । मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आईपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो ।

हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको छ । यस कम्पनीले १०० अंकित मूल्यमा ७ लाख ४८ हजार ४०० कित्ता सेयर स्थानीयलाई जारी गर्न लागेको हो ।

योमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दाहरुलाई निष्कासन गर्न लागेको हो ।

त्यस्तै, १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थिानीय बासिन्दाहरुका लागि निष्कासन गर्नेछ ।

यता, सर्वसाधारणमा निष्कासन हुने ७ लाख ४८ हजार ४ सय कित्ता सेयरमध्ये १०५ अर्थात ७४ हजार ८४० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।