समाचार

पोखरीमा डुबेर बालिकाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मा घरनजिक रहेको पोखरीमा डुबेर गएराति एक जना बालिकाको मृत्यु भएको छ । पोखरीमा डुबेर स्थानीय ७ वर्षीया पेनिसा चौधरीको मृत्यु भएको हो । आफ्नै घरको पछाडि रहेको पोखरीमा डुबेको अवस्थामा उनलाई मृत फेला पारिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, धान रोप्न...

सवा करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित ४ जनालाई पक्राउ

काठमाडौँ । प्रहरीले सवा करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित ४ जनालाई पक्राउ गरेको छ । बुधबार राति काठमाडौं त्रिभुवन विमानस्थल हुँदै दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, अनिस थापा र सूर्यमणि भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका थिए । प्रहरीले...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

विराटनगर । सुनसरीको दुहवी नगरपालिका–५ मा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कोसी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प ११६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा...

स्नातकलाई पुनः तीन वर्षमा झार्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हाल ४ वर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि ३ वर्षे बनाउने तयारी गरेको छ । ४ वर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ । त्रिविले सबैभन्दा पहिला २०७१–७२ सालदेखि व्यवस्थापन सङ्कायबाट स्नातक तहलाई ४ वर्षे बनाउन...

ललिता निवास प्रकरण : आज पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार पनि बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो । ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव...

हेटौंडा उपमहानगरले रातारात हटायो सडक किनाराका रुख–विरुवा

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारका लागि हेटौंडा उपमहानगरपालिकाले सडक किनाराको रुख–विरुवा हटाएको छ । उपमहानगरपालिकाले बुधबार राति हेटौंडा १ र १० नम्वर वडा अन्तरगत पर्ने सडकको दायाँ–बायाँ सडकपेटीमा राखिएका रुख–विरुवाहरु हटाएको हो । सडक विस्तारका गर्ने सन्दर्भमा सूचना प्रकाशित भइसकेकोले विस्तार कार्यलाई सहजता...

आज राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजे बस्ने गरी बोलाइएको छ । सो बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । साथै, उद्योग वाणिज्य...

आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाका अनुसार, हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । लुम्बिनी र...

कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । ललितपुरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ । गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको थियो । हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको...

माद्यमिक तहमा अध्ययन गर्न विदेशिने विद्यार्थी रोक्दै सरकार

काठमाडौँ । सरकारले माध्यमिक तहमा अध्ययनका लागि विदेश जान खोज्ने विद्यार्थीहरुलाई रोक लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ को कारण देखाउँदै विद्यार्थीहरुलाई रोक लगाइएको हो । निर्देशिकाको परिच्छेद ७ को २६ नम्बर बुँदामा विद्यालय तहको शिक्षाका लागि विदेशी विद्यालयमा...