कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । ललितपुरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ ।
गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको थियो । हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ ।
आज पनि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् ।
