महिला विश्वकप फुटबल आजदेखि सुरु

तु खबर संवाददाता
२०८० श्रावण ४,बिहीबार १०:२३
file-photo

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजनामा आजबाट उक्र खेल हुने भएको हो ।

महिला विश्वकपको यो नवौँ संस्करण हो । आज पहिलो दिन दुई खेल हुँदैछन् । जसमा समुअ ए मा रहेको न्युजिल्याण्ड र नर्वेबीच उद्घाटन खेल हुनेछ । यस खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समयअ नुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

यस्तै, अर्को खेल समूह बी मा आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच हुनेछ । यो खेल सिड्नीस्थति स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

महिला विश्वकप अस्ट्रेलियाको ६ र न्युजिल्याण्डको ४ गरी कूल १० स्टेडियममा खेलाइनेछ । फाइनल खेल आगामी अगष्ट २० मा सिड्नीमा हुनेछ ।

प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।