राष्ट्रिय सभा बैठक भोलि बस्दै, यस्तो छ कार्यसूची

तु खबर संवाददाता
२०८० श्रावण ३, बुधबार १७:४१
file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठक भोलि बिहीबार बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयकलाई प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

त्यसपछि उद्योगमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।