समाचार
डेंगू संक्रमण ह्वातै बढ्यो
काठमाडौं । पछिल्लो समय डेंगू संक्रमण ह्वातै बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेंगू संक्रमण उच्च रुपमा पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार, देशभर पछिल्लो एक हप्ता यता संक्रमण बढेको पाइएको छ । लगातार परिरहेको पानीले गर्दा सरसफाइमा...
कांग्रेस केन्द्रीय समिति आज पनि बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका पहाडी...
ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुने
काठमाडौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका...
विषालु च्याउ खाँदा २ जना बिरामी
दाङ । दाङमा मंगलबार बिहान विषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् । जिल्लाको गढवा गाउँपालिका– ५ धर्मापुरका ७२ वर्षीय बसन्तु चौधरी र उनकी श्रीमती ७६ वर्षीया छुकनी चौधरी जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका हुन् । बिहान खाना खाएका दुवै जनालाई १२ बजे तिर रिंगटा...
९ दिनदेखि बेपत्ता हेटौंडाकी घलान मृत भेटिइन्
मकवानपुर । हेटौंडामा ९ दिनदेखि बेपत्ता भएकी महिला मृत अवस्थामा भेटिएकी छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बुद्धचोक बस्ने अन्दाजी ४३ वर्षीया कृष्णमाया घलान मृत अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, उनी असार २५ गतेदेखि बेपत्ता भएकी भनि परिवारले असार...
ललिता निवास प्रकरण : मंगलबार पनि सकिएन सुनुवाइ
काठमाडौं । ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बुधबारका लागि पेशी तोकिएको हो । सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी...
राष्ट्रिय सभा बैठक साउन ४ मा बस्ने
काठमाडौं । राष्ट्रिय सभा बैठक यही साउन ४ गते बस्ने भएको छ । पटक–पटक स्थगित हुँदै आएको राष्ट्रिय सभा बैठक साउन ४ गते दिउँसो १ बजे बस्ने भएको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको बैठक साउन ४...
९ अंकले बढ्यो नेप्से, तीन अर्ब माथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार पनि नेप्से बढेको छ । आज नेप्से सूचकांक ९.९१ अंकले बढेर २१५४ विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढ्दा लगानीकर्तामा खुसि छाएको छ । नेप्सेमा सूचीकृत २५५ कम्पनीहरुको ८६ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा...
हेटौंडाको राप्ती खोलामा डुबेर युवकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, स्थित राप्ती खोलामा डुबेर आज दिउँसो एक युवकको मृत्यु भएको छ । दिउँसो १ः४० बजेको समयमा राप्ती पुलबाट १० मिटर तल राप्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर अन्दाजी २५ वर्षीय एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...









