९ दिनदेखि बेपत्ता हेटौंडाकी घलान मृत भेटिइन्
मकवानपुर । हेटौंडामा ९ दिनदेखि बेपत्ता भएकी महिला मृत अवस्थामा भेटिएकी छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बुद्धचोक बस्ने अन्दाजी ४३ वर्षीया कृष्णमाया घलान मृत अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, उनी असार २५ गतेदेखि बेपत्ता भएकी भनि परिवारले असार २६ गते प्रहरीलाई खबर गरिएको थियो ।
बेपत्ता भएकी घलान आज बिहान ११ बजेको समयमा हेटौंडा–१३, गोठदमार सल्लाघारीस्थित जंगलमा मृत अवस्थामा फेला परेकी हुन् ।
घलानको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
